• २०८१ फाल्गुण ९ शुक्रबार

आज नवौं निर्वाचन दिवस मनाइदै

kharibot

काठमाडौँ । आज नवौं निर्वाचन दिवस मनाइदै छ । 'निर्वाचनको प्रभावकारिता: आम नागरिकको सहभागिता' भन्ने मूल नाराका साथ नवौं निर्वाचन दिवस मनाउन लागेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

नेपालको संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।

आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचनहरू मार्फत् जनप्रतिनिधिहरू निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन दिवसको अवसरमा नेपाली मतदाताहरूमा हार्दिक शुभकामना दिदै आयोगलाई निरन्तर हौसला र प्रेरणा प्रदान गर्नुहुने अग्रज एवम् शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै निर्वाचन प्रक्रियामा आयोग सँगसँगै क्रियाशील रहने मतदातालगायत सबै सरोकारवालाको अमूल्य योगदानको प्रशंसा गर्न चाहन्छु।

इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अंगिकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै