• २०८१ माघ २४ बिहीबार

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

kharibot

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । भारतले सिरिजको पहिलो खेलमा इङल्याण्डलाई ४ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले ३८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा शुभमन गिलले सर्बाधिक ८७ रन बनाएका थिए भने श्रेयस अय्यरले ५९ र अक्सर पटेलले ५२ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर सकिब महमुद र आदील रशिदले २-२ विकेट लिएका थिए भने जोफ्रा आर्चर र ज्याकोब बेथेलले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४७.४ ओभरमा अल आउट हुदै २४८ रन बनाएको थियो । इङल्याण्डका लागिकप्तान जोस बटलरले सर्बाधिक ५२ रन बनाए भने ज्याकोब बेथेलले ५१ रन बनाएका थिए । 

यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुदै छ ।
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै