काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भुक्तानी समेत रोकेका छन् ।
ट्रम्पले जनवरी २० मा ९० दिनका लागि स्थगन गरेको बैदेशिक सहयोगमा एमसीसीको भुक्तानी समेत परेको हो । एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फण्डबाट हुने भुक्तानी रोकिएको जानकारी गराएको थियो ।
नेपाल सरकार र एमसीसीबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरु यसबाट प्रभावित हुनने देखिएको छ ।
यस अघि युएसएडबाट फण्ड प्राप्त गर्ने सबै आयोजनाहरु रोकिएका थिए ।