• २०८१ माघ ९ बुधबार

एमसीसी राम्रो रहेछ भन्ने अहिले सबैले बुझे- देउवा

kharibot

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहायता नियोग (एमसीसी) राम्रो रहेछ भन्ने अहिले सबैले थाहा पाएको टिप्पणी गरेका छन् ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको ‘नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोग’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एमसीसी सम्झौता गर्ने बेलामा ठुलो विरोध भएको भन्दै अहिले आएर राम्रो रहेको सबैले बुझेको दाबि गरेका हुन् । 

उनले भने- ‘एमसीसी पास गर्ने बेलामा, सही छाप गर्ने बेलामा अमेरिकी राजदूत आएर भने । मलाई पहिला थाहा थिएन बुझेपछि राम्रो थियो । तर धेरै विरोध भयो, संसदमा पास गर्ने बेला । अहिले धेरैलाई थाहा भयो कि त्यो धेरै राम्रो प्रोजेक्ट रहेछ भन्ने ।’ 

पहिला अनेक डर देखाउनेले अहिले अनुदानमा आएको परियोजना देख्दा राम्रो रहेको भन्न थालेको देउवाले बताए ।

नेपालले आफ्नो विकासमा कस्तो ऋण लिने ? कस्तो अनुदान लिने भन्ने विषयमा गम्भीर भएर ध्यान दिनुपर्ने बताउदै देउवाले अहिलेसम्म धेरै ऋण वर्ल्ड बैङ्क, एसियाली बैक, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफमार्फत लिएको बताउँदै उनले त्यो ऋण निकै सहुलियतपूर्ण हुने गरेको बताए । यस्तै जापानको जाइका, कोरियाको कोइकाबाट लिएको ऋण पछि अनुदानमा परिणत हुने गरेको पनि उल्लेख गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै