• २०८१ फाल्गुण ८ बिहीबार

राष्ट्र जोगाउन पूर्वराजा ज्ञानेन्द्रले मागे जनताको साथ

kharibot

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा भिडियो संदेश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफुलाई साथ दिन जनतालाई अपिल गरेका छन् ।

भिडियो सन्देशमा पुर्वराजाले व्यवस्था बदल्नेहरुले अवस्था बदल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै जनताको साथ मागेका हुन् ।

उनले राष्ट्रका खारित आफ्नो समर्पण सधै रहने भन्दै आफुले पहिला पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेको उल्लेख गरेका छन् । साथै उनले अब पनि के कति त्याग गर्नुपर्ने हो त्यसका लागि आफु तयार रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

पुर्व राजाले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने भन्दै निषेधको राजनीति राख्नेले प्रजातन्त्रलाई गतिशील बनाउन नसक्ने बताउदै अहिले देशको इतिहास मेटिदै गएको र नेपालको अस्तित्व मेटिदै गएको बताएका छन् ।

अहिले नेपालीको मसिना विदेशीको माटोमा बगिरहेको उल्लेख गर्दै जन्मिदै लाखौको ऋण टाउकोमा बोकेर जन्मिनुपर्ने अवस्था आएको आफ्नो सन्देशमा उनले उल्लेख गरेका छन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै