काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन आफुलाई साथ दिन आव्हान गरेपछि हौसिएको राप्रपाले आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्ने भएको छ ।
राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न आव्हान गरेका हुन् ।
राप्रपा महामन्त्रीले भनेका छन्- 'राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु ।'
पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते पुर्वसन्ध्याको अवसरमा भिडियो सन्देश जारी गर्दै देशमा व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै राष्ट्र जोगाउन आफुलाई साथ दिन आव्हान गरेका थिए ।