• २०८१ फाल्गुण ९ शुक्रबार

भारतमा नेपाली छात्राको मृत्युको घट्नाको यथार्थ विवरण सार्वजनिक प्रचण्डको माग

kharibot

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको ओडिसास्थित् कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा एक नेपाली छात्राको मृत्य भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचराले गम्भीर बनाएको बताएका छन् ।

उनले उक्त घट्नाको बारेमा विस्तृत विवरण सार्वजनिक गर्न निश्काषित विद्यार्थीहरुको सुरक्षाको लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले फेसबुकमा लेखेका छन्-

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको छ। मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै