काठमाडौँ । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिएको छ । यस दुर्घटनामा १८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।
घाइते भएका २० जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । केन्द्र सरकारले घटनाको अनुसन्धानको आदेश दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सरकारले मृतकका परिवारलाई १० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेका परिवारलाई साढे २ लाख र सामान्य घाइतेलाई एक लाख दिने घोषणा गरेको छ ।