काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।
उनी निकट एक नेताले खरीबोटलाई जानकारी दिए अनुसार आज भारत भ्रमणमा जान लागेका देउवाको भ्रमण अन्तिम समयमा स्थगित भएको हो ।
देउवा कुम्भ मेलाको आयोजनामा आजदेखि हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन भारत जान लागेका थिए ।