• २०८१ माघ १८ शुक्रबार

फिल्म ‘एक्टर : टेक वान’ को विवाद बारे निर्माण पक्षबीच सहमति

kharibot

काठमाडौँ । फिल्म ‘एक्टर : टेक वान’ को विवाद मिलेको छ । बिहीबार दुई पक्षबीच सहमति भएसँगै फिल्म प्रदर्शनको बाटो खुलेको हो।

‘एक्टर : टेक वान’ विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको दाबी गर्दै यस अघि माघ ४ गते रिलिज भएको ‘एक्टर’ फिल्मका निर्माताले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सोही आधारमा अदालतले मंगलबार अल्पकालीन आदेश जारी गर्दै फिल्मको प्रदर्शन माघ २२ गतेसम्म रोक्न निर्देशन दिएको थियो ।

तर, बिहीबार ‘एक्टर’ का निर्माता तथा ‘एक्टर : टेक वान’ का निर्माण पक्षबीच भएको सहमतिपछि ‘एक्टर’का निर्माताले मुद्दा फिर्ता लिने बताएका छन् ।

योसँगै ‘एक्टर : टेक वान’ भोली (शुक्रबार) देखि रिलिज हुने भएको छ । माघ १६ गतेदेखि रिलिज हुने भनिएको यो फिल्म अदालतको आदेशका कारण रोकिएको थियो ।

राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यही फिल्मबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु फिल्म हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै