• २०८१ माघ १७ बिहीबार

दुई दशकदेखि बेकरी उद्योगमा रमाएको जोडी

kharibot

काठमाडौँ । ज्योति नकर्मी र जुली प्रधानांगको जोडी दुई दशकभन्दा बढी समयदेखि बेकरी पेशामा रमाएको छ । ललितपुरको कुपन्डोलमा ज्योति नकर्मी दम्पतिले जुलीज बेकरी संचालन गरेर बेकरी क्षेत्रमा अलग पहिचान बनाउन सफल भएका छन् ।

करिब २५ बर्षअघि जुलीले सिकेको सिपलाई व्यवसायमा बदल्दै यो जोडीले बेकरी उद्योग शुरु गरेको ज्योति बताउछन् । आरोह अवरोहका बीच जुलिज बेकरीलाई विस्तार गर्ने योजना सुनाउदै ज्योतिले अबको व्यवसाय इ-कमर्श भएको सुनाए । आउटलेट खोल्दाका समस्या सुनाउदै उनले महँगो भाडा र कर्मचारीको खर्चले दिगो रुपमा निरन्तरता दिन चुनौती रहेको उनको बुझाइ छ । तर पछिल्लो समय इ-कमर्शको लोकप्रियताले अबको व्यवसाय यसबाट अगाडी बढाइरहेको उनले बताए । 

त्यसो त नेपालमा पछिल्लो समयमा बेकरी क्षेत्रमा लाग्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।  इतिहासलाई फर्केर हेर्ने हो भने बेकिङ्ग गरि विभिन्न प्रकारका ब्रेडहरु बनाउने प्रक्रिया हजारौं बर्षदेखि पहिले रोममा शुरु भएको हो । त्यसपछि विस्तारै अन्य यूरोपियन देशहरुमा यसको प्रचलन विस्तार हुदैँ गएको हो । बढ्दो जनसंख्या तथा अन्य कारणहरुले गर्दा स्वास्थ्यकर खाना तथा खाजाको महसूस गर्दै आएकोले बेकरी उत्पादनको महत्व पनि बढ्दै गएको छ । सबै शहरी तथा अर्धशहरी क्षेत्रहरुमा प्राय सवै वर्गका मानिसहरुले विभिन्न बेकरी उत्पादनहरु खाना तथा खाजाको रुपमा प्रयोग गरेको पाइन्छ । यसको स्वाद तथा यसले दिने सन्तुष्टिले पनि यसको माग बढिरहेको छ । 

जुलिज बेकरीलाई स्वाद र सन्तुष्टिको प्राय: बनाउन ज्योतिले गुणस्तरमा सम्झौता नगरेको बताउछन् । उनी भन्छन्- ‘हामी कहाँ दोहोरिएर आउने ग्राहकको संख्या ठुलो छ । हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं । हरेक नयाँ उत्पादनको गुणस्तर परिक्षण गरेर नियमन निकायको स्वीकृति लिएर मात्र बजारमा उत्पादन बिक्री गर्ने हुनाले ग्राहकले हाम्रो उत्पादन प्रति विश्वास र भरोसा देखाउनु भएको छ ।'

कोरोना अघिसम्म दुई दर्जन भन्दा बढीलाई रोजगार दिएको बताउने ज्योतिले लकडाउनका कारण एउटा आउटलेट बन्द गर्नुपरेपछि अहिले १४ जनालाई रोजगार दिएको सुनाउछन् ।


जुलिजका केक र बेकरी उत्पादन अनलाइन अर्डर गर्न यो वेभसाइटमा जान सक्नुहुन्छ:

https://juliescakes.com.np/  


करिब २१ बर्ष बेकरी क्षेत्रमा अनुभव बटुलेका उनले यो क्षेत्र संगठित नहुदा आफूहरुका समस्या सरकारले नसुनेको गुनासो गर्छन् । यस क्षेत्रको सबैभन्दा ठुलो चुनौती गुणस्तर रहेको उनको ठहर छ । ग्राहकलाई गुणस्तर बारे ज्ञान नहुने, नियमन गर्ने निकायले ठुलो र व्यवस्थित आउटलेटमा मात्र अनुगमन र कडाई गर्ने उनको गुनासो छ ।  त्यस्तै उनले उत्पादनको मुल्य पनि अर्को चुनौती रहेको खरीबोटसँगको कुराकानीमा बताए ।

जुलिजले अहिले फाइभ स्टार रेन्जको केक तथा बेकरी उत्पादन ग्राहकलाई उपलब्ध गराएको उनको दाबि छ । जुलिजका केकदेखि बेकरी उत्पादन काठमाडौँ र ललितपुरमा अनलाइन अर्डर गरेर खरिद गर्न सकिने व्यवस्था रहेको छ । रेगुलर केकदेखि जन्मदिन, विवाहसहित विभिन्न उत्सवका लागि सबै प्रकारका केक जुलिजमा उपलब्ध रहेका छन् ।
आगामी योजना सुनाउदै ज्योतिले काठमाडौँ र ललितपुरमा थप आउटलेट विस्तार गर्ने योजना सुनाए । अनलाइनका साथै आउटलेटबाट पनि सेवा दिदै व्यवसाय विस्तारमा लागेको उनले बताए ।

आफ्नै नामबाट बेकरी व्यवसायमा लागेकी जुली भने आफ्नो दैनिकी  चीज, क्रिम, बटर, चेरी, चिनीबाट शुरु हुने बताउछिन् । हरेक बिहान जूली प्रधानाङ्गको रचनात्मक टेबल भर्ने आधारभूत वस्तु यिनै रहेको उनको भनाई छ । साथै, मुखमा पग्लिने पेस्ट्री बनाउने, उनको खाद्य कलाको अर्को रोचक विशेषता हो ।

जुलिज  ब्रान्डले गुणस्तरीय पेस्ट्री र केकका कारण ग्राहकमा आफ्नो छाप छोड्न सफल भएको छ । जुलीले केक कलाकारको रुपमा आफु हरेक उत्सवमा जुलिजको केकलाई मायापूर्वक सम्झने कुरा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउछिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै