• २०८१ माघ १८ शुक्रबार

हमासले पाँच थाई नागरिकसहित सात बन्धक रेडक्रसलाई बुझायो

kharibot

काठमाडौँ । हमासले थप सात बन्धकलाई रिहा गरेको छ ।

इजरायली सेनाका अनुसार हमासले केहीबेरअघि दुई इजरायली र पाँच थाइल्याण्डका नागरिकलाई गाजामा रेडक्रसको जिम्मा लगाएको हो । हमासले बन्धकलाई रेडक्रसको जिम्मा लगाउदा गाजा खान युनिसमा ठुलो भिड लागेको थियो । 

हमासले २९ बर्षिय इजरायली महिला अर्बेल येहुद र ८० बर्षिय गाडी मोजेसलाई रिहा गरेको हो । साथै हमासले पाँच थाई नागरिकलाई पनि रिहा गरेको बताइएको छ ।  हमासले आजै एक इजरायली महिला सैनिकलाई रिहा गरेको थियो ।

युद्धविरामको सम्झौता अनुसार हमासले एक बच्चा, आम नागरिक महिला वा एक ५० बर्ष माथिका आम नागरिक पुरुषको बदलामा ३० प्यालेस्टाइनी कैदी रिहाई गर्नुपर्ने शर्त रहेको छ ।  त्यस्तै एक महिला सैनिक बन्धकको बदलामा ५० कैदी तथा घाइते र विरामी बन्धकको बदलामा ११० कैदी रिहाई गर्नुपर्ने शर्त रहेको छ ।  यस शर्त अनुसार आज इजरायलले ११० प्यालेस्टाइनी कैदीको रिहाइ गर्ने तयारी गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै