काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसदलाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।
अध्यादेश ल्याउने प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने गरी नआएको माओवादीको निष्कर्ष रहेको बताउदै उनले जनतालाई छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भनेपनि समितिमा छलफल गरेर लानुपर्नेमा त्यसो नगरेको बादी गरे ।
साथै पाण्डेले सामाजिक सञ्जालको विधेयकको विषयमा अध्ययन गरेर नागरिकको आवाजलाई दबाउन नदिने गरी बहस गर्ने बताए ।