काठमाडौँ । अमेरिकामा आकाशमै सेनाको हेलिकप्टरसँग ठोक्किएको अमेरिकन एयरलाइन्सको विमान दुर्घटनामा परेका सबैको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनामा कोहि जीवित नभेटिएको जानकारी दिएका छन् । प्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले घटनाको अनुसन्धान गरिने बताउदै दुर्घटना हुनासाथ राहत र उद्धारको काम गरेको बताए ।
विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक रहेका थिए ।
यस घटनाको बारेमा, संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस विषयमा अनुसन्धान गर्ने राष्ट्रपति ट्रम्पले बताए ।
मिडिया रिपोर्टका अनुसार अहिलेसम्म ३० जनाको शव निकालिएको बताइएको छ ।