• २०८१ माघ १८ शुक्रबार

मधेशवादी आठ दलले मोर्चाबन्दीका लागि बनाए कार्यदल

kharibot

काठमाडौं । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि नयाँ कार्यदल बनाइएको छ ।

सिंहदरबारमा विहिबार बसेको मधेस केन्द्रित आठ दलको बैठकले सबै दलबाट एक एक जना सदस्य रहनेगरी कार्यदल बनाएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताएका छन् ।

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव र तराई मधेस लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंह रहेका छन् ।

कार्यदललाई आठ दलबीच सहकार्य बनाउने, आगामी बैठकको संयोजन गर्ने, दस्तावेज लेख्नेलगायतको कार्यादेश दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै