काठमाडौँ । हमासले इजरायली महिला बन्धक अगाम बर्गरलाई रिहा गरेको छ ।
विहिबार हमासले युद्धविराम सम्झौता अनुसार २१ बर्षिय बर्गरलाई हमासले गाजाबाट रेडक्रसलाई हस्तान्तरण गरेको हो । सथौ उनलाई रेडक्रसले इजरायली सेनालाई बुझाएको छ ।
बर्गर इजरायली सेनाकी सिपाही हुन् । उनलाई अक्टोबर ७ को घटनामा हमासले बन्धक बनाएर लागेको थियो ।
गाजामा युद्धविराम सम्झौता लागू भएदेखि हमासले अहिलेसम्म योसहित आठ जना बन्धकहरूलाई रिहा गरिसकेको छ ।