काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले नेदरल्याण्डसविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग शुरु गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यस सिरिजमा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुदै छन् ।
काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म हुने यो प्रतियोगितामा तीन देशले एक अर्कासहित ३-३ खेल खेल्ने छन् ।
३० जनवरीमा नेपाल र नेदरल्याण्डस, ३१ जनवरीमा नेदरल्याण्डस र थाइल्याण्ड, १ फेब्रुअरीमा नेपाल र थाइल्याण्ड, २ फेब्रुअरीमा नेदरल्याण्डस र नेपाल, ३ फेब्रुअरीमा थाइल्याण्ड र नेदरल्याण्डस, ४ फेब्रुअरीमा थाइल्याण्ड र नेपाल, ५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्डस, ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।
यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम खेल्दै छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।