काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक आज बस्दै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक आज विहान ९ बजे बस्ने भएको हो ।
बैठक सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ ।
संसदको हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि संसद्मा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने रणनीति बनाउन विपक्षी दलहरुबीच छलफल गरिने बताइएको छ । सरकारले ल्याएका अध्यादेश पहिलो दिन नै संसदमा पेश गर्ने बताएकाले सो विषयमा विपक्षीले साझा धारणा बनाउने बुझिएको छ ।