काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा जाने दावी गरेका छन् ।
दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाब एक्लै लड्ने बताएका छन । उनले एमालेसँग अब मिल्ने सम्भावना नरहेको पनि बताए ।
उनले भने- ‘२०७४ सालको निर्वाचनपछि एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ । तर, पार्टी एकता धेरै टिक्न सकेन । त्यसपछि फेरि म प्रधानमन्त्री हुँदा सहकार्यको निर्णय लिएँ, त्यो पनि टिक्न सकेन । त्यसैले अब एमालेसँग मिल्ने सम्भावना छैन ।’
प्रचण्डले माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजिएको बताउदै त्यसको समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्याएको बताए ।