काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
भ्यलेन्सियाको मेस्ताला रंगशालामा घरेलु टिमले खेलको २७औं मिनेटमा नै अग्रता बनाएको थियो । भलेन्सियाका लागि हुगो डुरोले गोल गरेका थिए ।
दोस्रो हाफको ६१औं मिनेटमा किलीयन एम्बाप्पेको गोल रेफ्रीले भार रिभ्यूबाट रद्द गरिदिएका थिए । खेलको ७९औं मिनेटमा रियललाई रेड कार्डको झट्का लाग्यो । रेफ्रीले फरवार्ड भिनिसियस जुनियरलाई रातो कार्ड दिएपछि रियल म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि रियल म्याड्रिडका लागि लुका मोड्रिचले गोल गरेका थिए भने इन्जुरी समयमा जुड बेलिङ्घमले निर्णायक गोल गरेर जित दिलाएका थिए ।
यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४३ अंक भएको छ भने लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भलेन्सियाको १८ खेलमा १२ अंक रहेको छ भने लिगमा १९औं स्थानमा रहेको छ ।