• २०८१ पौष २३ मंगलबार

कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

kharibot

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ भने मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु लागेको छ । आज कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा आज आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । 

त्यसैगरी गण्डकी प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमाको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।   कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै