काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खेलको ५२औं मिनेटमा म्यानचेस्टर युनाइटेडले लिसान्द्रो मार्टिनेजको गोलमा अग्रता हासिल गरेको थियो । त्यसपछि खेलको ५९औं मिनेटमा लिभरपुलका लागि कोडी गाक्पोले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ७०औ मिनेटमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गरेपछि खेलमा लिभरपुलले २-१ को अग्रता लिएको थियो । त्यसपछि खेलको ८०औं मिनेटमा म्यानचेस्टर युनाइटेडका अमाद डिआलियोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई हारबाट बचाएका थिए ।
यो बराबरीपछि लिभरपुल १९ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलभन्दा ६ अंकले अगाडी रहेको छ । यद्यपी लिभरपुल आर्सनलभन्दा एक खेल कम खेलेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २० खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।