• २०८१ पौष २३ मंगलबार

अमेरिकामा भिषण हिमपात, सात राज्यमा संकटकाल घोषणा

kharibot

काठमाडौँ । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा गरेका छन्।

हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।

कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ ।

मौसमविद्हरू भन्छन् कि खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो । वाशिंगटन डीसी र फिलाडेल्फिया लगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि खराब मौसमबाट राहत हुने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै