काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् ।
त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटबार्ता गरेको जानकारी दिएकी थिइन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम नै नभएको स्पष्ट गरेकी छन् ।
उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशाय छैन, यही डेमोक्रेटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।