• २०८१ चैत ९ शनिबार

आइपिएल खेल्दै १३ बर्षिय वैभव सूर्यवंशी

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु हुदै छ । यस सिजनको आइपिएलको उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुदै छन् । पहिलो खेलमा आज डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) बीच हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस आइपिएलमा १३ वर्षका वैभव सूर्यवंशी खेल्दै छन् । उनीप्रति यस आइपिएलमा सबैको ध्यान केन्द्रित हुने भएको छ । आईपीएलको मेगा अक्सनमा राजस्थान रोयल्सले  १.१० करोडमा किनेपछि नै उनको चर्चा शुरु भएको थियो ।

बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान वैभव यस अघि घरेलु क्रिकेट समेत खेलिसकेका छन् भने भारतको यू-१९ टिमको हिस्सा समेत बनिसकेका छन् । उनले हालै अस्ट्रेलिया यू-१९ विरुद्धको सबैभन्दा लामो ढाँचामा ५८ बलमा कीर्तिमानी शतक प्रहार गरेका थिए । यो युवा टेस्ट क्रिकेटमा कुनै पनि भारतीयले बनाएको सबैभन्दा छिटो शतक थियो । वैभवले बिहारमा भएको अन्डर-१९ एसिया कपमा दुई अर्धशतक र अन्डर-१९ प्रतियोगितामा अविजित तेहरो शतक पनि बनाएका थिए । अहिले उनी आइपिएलमा राजस्थान रोयल्समा राहुल द्रविडको प्रशिक्षणमा रहेका छन् ।  

राजस्थान रोयल्सको पहिलो खेल आइतबार सनराइजर्स हैदरावादसँग रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै