• २०८१ चैत ७ बिहीबार

नेपाली सेनाले भन्यो- संविधान प्रदत्त जिम्मेवारी पुरा गर्न सदैव कटिबद्ध छ

kharibot

काठमाडौँ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको बताएको छ । 

पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा गणतान्त्रिक व्यवस्थाप्रति नै नेपाली सेनासँग जोडेर विभिन्न टिप्पणी भएपछि सेनाले आफ्नो मुख खोलेको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयलले संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको बताएको छ ।  विज्ञप्तिमा भनिएको छ- 'विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र  गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ बताएको छ ।' 

साथै सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध समेत गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै