• २०८१ चैत ७ बिहीबार

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण

kharibot

काठमाडौँ । लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्र संघको मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले आक्रमण गरेको छ  । 

नेपाली सेनाका अनुसार गएराती भएको आक्रमणमा उपरथी ढकाल घाइते भएका छन् । घटना पश्चात उनलाई तत्कालै उद्धार गरी युएन लेभल ३ हस्पिटल बेरुत पुर्‍याइएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए । 

घटना बारे युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता  स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी  सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । 

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै