• २०८१ चैत ८ शुक्रबार

पुलिस क्लबको लगातर सातौं जित, बागमती ९३ रनले पराजित

kharibot

काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ । विहिबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम सम्पन्न खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ९३ रनले पराजित गरेको हो ।

पुलिस क्लबले दिएको २९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४५.२ ओभरमा अल आउट हुदै २०४ रन बनाएको थियो ।

बागमतीका लागि इशान पाण्डेले ७० रन बनाएका थिए भने शुभ कंसाकारले ३६ रन बनाएका थिए । त्यस्तै पुलिसका बलर ललित राजबंशीले ४ विकेट लिएका थिए । योसंगै ललितले ७ खेलमा कुल ३० विकेट लिएका छन् । त्यस्तै कुशल भुर्तेलले ३ तथा करण केसीले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २९७ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्बाधिक ८८ रन बनाएका थिए भने कप्तान दिपेन्द्र सिंह ऐरीले ६०, अमित श्रेष्ठले ४८ र आरिफ सेखले ३८ रन बनाएका थिए । त्यस्तै बागमतीका बलर प्रतिस जिसीले ३ विकेट लिएका थिए ।    

यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै बागमतीको भने यो चौथो हार हो । बागमतीको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै