काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्ने आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा छलफल हुने हुनेछ । त्यस्तै, सोमबार घोषणा भएको ‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे पनि आजको बैठकमा छलफल हुनेछ ।
समितिमा पार्टी अध्यक्ष कमल थापालाई कुनै सल्लाह बिनानै राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।