काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मूख्यालयमा शुक्रबार र शनिबारका लागि राप्रपा नेपालले बैठक बोलाएको हो ।
बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने राप्रपा नेपालले जनाएको छ ।
यस्तै, अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने राप्रपाले जनाएको छ ।