• २०८१ फाल्गुण ११ आइतबार

च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, रियल म्याड्रिडको प्रतिद्वन्दी एटलेटिको

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ ।

शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले एटलेटिको म्याड्रिड प्रतिद्वन्दी पाएको छ । च्याम्पियन्स लिगको यस सिजनको राउण्ड १६ को यो खेल म्याड्रिड डर्बी हुने भएको हो ।

त्यस्तै आर्सनलको भिडन्त नेदरल्याण्डसको क्लब पीएसभीसँग हुने भएको छ । त्यस्तै पिएसजीको सामना लिभरपुलसँग हुने भएको छ भने एस्टन भिल्लाले क्लब ब्रुगेसँग खेल्ने भएको छ ।

त्यसैगरी बार्सिलोनाले बेनिफिकासँग खेल्ने छ भने बोरुसिया डोर्टमण्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउण्ड १६ मा नेदरल्याण्डसको फेयनूर्डसँग खेल्ने भएको छ ।

राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने युइएफएले जनाएको छ ।
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै