काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन २-२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो हाफमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मानुएल उग्राटले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि बेटो र अबडोउलाय डोउकोउरले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि एभर्टनको २६ खेलमा ३१ अंक भएको छ र म्यानचेस्टर युनाइटेडको २६ खेलमा ३० अंक भएको छ ।