• २०८१ फाल्गुण ११ आइतबार

इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य, डकेटले बनाए १६५ रन

kharibot

काठमाडौँ । इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३५१ रन बनाएको हो ।

इङल्याण्डका लागि बेन डकेटले १६५ रन बनाएका थिए । उनले १४३ बलमा १७ चौका र ३ छक्काको मद्धतले १६५ रन बनाएका थिए । त्यस्तै जो रुटले ६८ रन बनाए भने कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर बेन ड्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने एडम जाम्पा र मार्नस लाबुसचान्ग्नेले २-२ विकेट र ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै