• २०८१ फाल्गुण ११ आइतबार

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा फपी र ब्ल्याक बुल्स खेल्दै

kharibot

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ ।

आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड मछिन्द्र क्लब, एनआरटी क्लब, संकटा क्लब र केपी ओली एफसी खेल्दै छन् ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने छ भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

आज प्रतियोगिताको पहिलो दिन एएफपी र उज्बेकिस्तानको ब्ल्याक बुल्स खेल्दै छन् । एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।

त्यसैगरी प्रतियोगिताको भ्यालुवेबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै