काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा किर्गिस्तानविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोलबाट नेपालले अग्रता लिएको हो ।
आजको खेलमा सावित्रा भण्डारी साम्बा खेलेकी छैनन् । उनी आज मात्र काठमाडौँ आइपुगेकाले अर्को खेलमा खेल्ने भएकी छन् ।
किर्गिस्तानविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), निशा ठोकर, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, बिमला चौधरी, सबिता राना, रश्मि घिसिङ र रेखा पौडेल रहेका छन् ।
आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।