• २०८१ फाल्गुण १० शनिबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यान्मारको लगातार दोस्रो जित

kharibot

काठमाडौ । म्यान्मारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा म्यान्मारले किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

म्यान्मारको जितमा यून वाडी र मे हटेटले २-२ गोल गरेका थिए भने सन्दर लिनले एक गोल गरेकी थिइन् । पहिलो हाफमै ४-० को अग्रता लिएको म्यान्मारले दोस्रो हाफमा एक गोल थपेको थियो ।

म्यान्मारले आफ्नो पहिलो खेलमा लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि म्यान्मारको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । अब म्यान्मारले फेब्रुअरी २३ मा नेपालसँग खेल्ने छ ।

अब प्रतियोगिता अन्तर्गत आज अर्को खेल साँझ ६ बजेदेखि नेपाल र लेबनानबीच हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै