काठमाडौ । म्यान्मारले आजदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा म्यानम्यारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यान्मारका लागि थेइङगी तुन, शावी यी तुन र सान थाव थावले एक एक गोल गरेका थिए भने लेबनानका लागि एक गोल लयला इस्कान्दरले गरेकी थिइन् । खेलका चारै गोल खेलको दोस्रो हाफमा भएका थिए ।
अब प्रतियोगिताको दोस्रो खेल आजै साँझ ६ बजेदेखि नेपाल र किर्गिस्तानबीच हुदै छ ।
फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तान खेल्दै छन् ।