काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून ल्याउन गरेको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्दै भष्टाचारीलाई मृत्युदण्ड दिनेगरि कानून बनाउन माग गरेका थिए । जवाफमा ओलीले संविधान र अन्तराष्ट्रि सन्धी-महासन्धीले पनि नेपालमा मृत्युदण्डको कानून बनाउन रोकेको जवाफ दिएका थिए। अोलीले मृत्युदण्डको कानून बनाउन मिल्दैन भन्दा सत्तारुढ दलका सांसदले टेवुल ठोकेर समर्थन गरेका छन् ।
‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ’, ओलीले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’