काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो ।
आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
बिहान साँढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय ,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधि संग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे नै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) को वारेमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।