काठमाडौँ । आइसीसीले २०२४ को उत्कृष्ट टी-२० टिमको घोषणा गरेको छ । आईसीसीले विश्वकप जितेका भारतीय कप्तान रोहित शर्माको कप्तानीमा २०२४ को उत्कृष्ट टी-२० पुरुष टिमको घोषणा गरेको हो ।
आइसीसीको उत्कृष्ट टी-२० टिममा चार भारतीय खेलाडी रहेका छन् । जसमा विराट कोहली, वर्तमान टी-२० कप्तान सूर्यकुमार यादवको नाम समावेश छैन । उनीहरू दुवै गत वर्ष टी-२० विश्वकप जित्ने टिमका महत्वपूर्ण सदस्य थिए ।
उत्कृष्ट पुरुष टिममा अष्ट्रेलिया, इङ्गल्याण्ड, पाकिस्तान, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका र जिम्बाब्वेका एक-एक खेलाडी छन् । रोहित बाहेक, चार भारतीय खेलाडीहरूमा अलराउन्डर हार्दिक पाण्ड्या, तेज बलर जसप्रीत बुमराह र अर्शदीप सिंह समावेश छन् । टोलीमा अष्ट्रेलियाका ट्राभिस हेड, इङ्ग्ल्याण्डका फिल साल्ट, वेस्ट इन्डिजका निकोलस पूरन (विकेटकिपर), अफगानिस्तानका रशिद खान, श्रीलंकाका वानिन्दु हसरंगा र जिम्बाब्वेका अलेक्जेन्डर छन्। २०२४ को टी-२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएको पाकिस्तानी टोलीका बाबर आजम पनि आइसीसीको उत्कृष्ट टी-२० प्लेइङ-११ मा छन् ।
आइसीसी टी-२० पुरुष टोली २०२४: रोहित शर्मा (कप्तान) (भारत), ट्राभिस हेड (अष्ट्रेलिया), फिल साल्ट (इंग्ल्याण्ड), बाबर आजम (पाकिस्तान), निकोलस पूरन (विकेटकिपर), सिकन्दर रजा (जिम्बाब्वे), हार्दिक पाण्ड्या (भारत), रशिद खान (अफगानिस्तान), वानिन्दु हसरंगा (श्रीलंका), जसप्रीत बुमराह (भारत) र अर्शदीप सिंह (भारत)।