काठमाडौँ । इजरायलले हमासमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।
गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अझै रोकिएको छ । इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउदै प्यालेस्टाइनीलाई रोकेको हो ।
इजरायलले मुख्य सडक अवरुद्ध गर्दै गाजा पट्टीको उत्तरमा रहेका हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाएको छ ।
हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेपछि विवाद सुरु भएको बताइएको छ । बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो ।
यद्यपि, इजरायली सरकारले इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्ने शर्त रहेको थियो । तर हमासले सर्बसाधारणलाई छोडेर सैनिकहरुलाई रिहा गरेको थियो ।
हमासले युद्धविरामको सहमतिपछि शुरुमा ३ जना महिलालाई रिहा गरेको थियो भने शनिबार ४ सैनिक महिलालाई रिहा गरेको थियो ।