काठमाडौँ । हमासले युद्धविराम सम्झौता अनुसार चार महिला इजरायली सैनिक बन्धकलाई रिहा गरेको छ ।
रिहा गरिएका सैनिकमा २० बर्षिय करिना एरिउ, डेनिएला गिल्बोआ, नामा लेवी र १९ बर्षिय लिरी अल्बाघ रहेका छन् ।
हमासले गत हप्ता भएको युद्धविरामपछि दोस्रो पटक बन्धक रिहा गरेको छ । हमासले गत आइतबार तीनजनालाई रिहा गरेको थियो ।
पहिलो चरणमा ९० प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा तीन इजरायली बन्धकहरूको रिहाइ समावेश थियो । अब इजरायलले चार बन्धकहरूको बदलामा २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । यी मध्ये १२० जना कैदीहरू इजरायली नागरिकहरूमाथि घातक आक्रमणको आरोपमा आजीवन कारावासको सजाय भोगिरहेका छन् ।