काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि सम्पन्न निर्वाचनको मत गणना स्थगित भएको छ ।
पटक पटक स्थगित हुँदै शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा विवाद भएपछि स्थगित भएको मतगणना अर्को सुचना नभएसम्मका लागि स्थगित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चुन्नेछ ।