• २०८१ माघ ६ आइतबार

इजरायल र हमासबीचको युद्धविराम शुरु

kharibot

काठमाडौँ । इजरायल र हमासबीचको युद्धविराम शुरु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले स्थानीय समय अनुसार आइतबार बिहान ११: १५ बजेदेखि युद्धविराम शुरु भएको जानकारी दिएको छ ।

हमासले शर्त अनुसार रिहा गर्ने तीन बन्धकको नाम सार्बजनिक गर्न ढिला गरेपछि यस अघि भनिएको समयभन्दा तीन घण्टा ढिलो युद्धविराम शुरु भएको हो ।

यसैबीच हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्बजनिक गरेको छ । जसमा रोमी गोनेन, एमिली दमारी, र डोरोन स्टेनब्रेचर रहेका छन् । २४ बर्षिय रोमी, २८ बर्षिय एमिली र ३१ बर्षिय डोरोनलाई हमासले  २०२३ को अक्टोबर ७ मा बन्धक बनाएर लागेको थियो ।

त्यस्तै इजरायली सरकारको तर्फबाट हमासले रिहा गर्ने ३३ जना बन्धकको नाम सार्बजनिक गरिएको छ । यी सबै इजरायलकै नागरिक हुन् ।

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतामा तीन चरणमा सबै बन्धकलाई रिहा गर्ने सहमति भएको छ, जसमा पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने छन् । युद्धविरामको घोषणा सँगै हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशी पनि रिहा हुने सम्भावना बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै