• २०८१ माघ १४ सोमबार

रवि लामिछानेलाई एक करोड धरौटीमा छोड्न आदेश

kharibot

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा छोड्न आदेश दिएको । विहिबारदेखि शुरु भएको थुनछेक बहस आज सकिएपछि उनलाई न्यायाधीश योगीले धरौटीमा छोड्न आदेश दिएका हुन् । 

यसअघि, रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै