• २०८१ माघ १४ सोमबार

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो

kharibot

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सम्पन्न भएको छ ।

सरकारी वकिल, जाहेरवालाको तर्फका कानुन व्यवसायी र प्रतिवादीका वकिलबीच थुनछेक बहस सकिएपछि जवाफी बहस गरिएको हो । यो मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा सुनुवाइ भएको हो ।

अदालतले जवाफी बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेबारे आजै आदेश दिने सम्भावना छ ।

यसअघि, रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै