• २०८१ माघ १४ सोमबार

जसपाको संघीय परिषद भेला चैतमा काठमाडौँमा हुने

kharibot

बिरगञ्ज । अशोक राई नेतृत्वको समाजवादी पार्टीको संघीय परिषद्को भेला चैतमा हुने भएको छ ।

सो पार्टीको आज सम्पन्न केन्द्रीय समितिको बैठकले चैतमा, काठमाडौंमा सो भेला गर्ने निर्णय गरेको हो । 

शनिवारवाट सुरू भई आइतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासचिव ईस्तियाक राईले जानकारी दिए ।

बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदनसमेत सर्वसम्मत पारित गरेको तथा पार्टीको जिल्ला र प्रदेश कमिटीहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको उनले बताए ।

उनका अनुसार पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टी कमिटीलाई पूर्णता दिईने निर्णयसमेत भएको महासचिव राईले बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै