काठमाडौँ । भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई आईसीसीले टी-२० क्रिकेटर अफ द इयर घोषित गरेको छ ।
अर्शदीप सिंह गत वर्ष टी-२० विश्वकप जित्ने रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीको हिस्सा थिए ।
अर्शदीप सिंहको नाम घोषणा गर्दै, आईसीसीले अर्शदीप सिंहले टी-२० क्रिकेटमा नयाँ बलमा विकेट लिने र अन्तिम ओभरमा किफायती बलरको रूपमा आफूलाई स्थापित गरेको बताएको छ ।
टी-२० विश्वकपमा अर्शदीपले कुल १७ विकेट लिदै सर्बाधिक विकेट लिने सूचीमा अफगानिस्तानका फजलहक फारुकीसँगै शिर्ष स्थानमा रहेका थिए ।