• २०८१ पौष २८ आइतबार

मकवानपुरको मनहरीमा स्कर्पिओ र कार ठोक्किए, एकको मृत्यु १३ जना घाइते

kharibot

हेटौडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

शनिबार अपराहन्न स्कर्पिओ र कार एकापसमा ठोक्किँदा कार चालक हेटौंडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६च ५२५० नंको स्कर्पिओ र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा१६च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ मा ठोक्किँदा दुर्घटना भएको थियो ।

कारमा सवार तीन र स्कर्पिओमा सवार १० जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । 

घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै