• २०८१ पौष २० शनिबार

सर्लाहीमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

kharibot

काठमाडौं । सर्लाहीमा बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन् ।

ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ । बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो ।

बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ। 

प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै